News

कोटेश्वर–जडीबुटी सडक खण्डको जाम हटाउन बिकल्प खोजिंदै

कोटेश्वर–जडीबुटी सडक खण्डको जाम हटाउन बिकल्प खोजिंदै

काठमाडौँ। कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ ।

जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो ।

मुख्य जाम हुने क्षेत्र लक्षित गर्दै सो खण्डमा तीनदेखि चार लेन थप्न सडकको चौडाइ विस्तार गर्न लागिएको हो । हाल सो सडक खण्डको उत्तरतर्फ एक लेन थपिने र दक्षिणतर्फ दुईतीन लेनसम्म थप्ने गरी योजना बनाइएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

उत्तरतर्फ एक लेनसम्म थप्न सडककै जग्गा रहेको छ । हाल पैदलयात्रु मार्ग र ढल रहेका स्थानलाई सारेर लेन तयार गर्न सकिन्छ । दक्षिणतर्फ चौडाइ बढाउन पर्यटन मन्त्रालयसँग छलफल भइरहेको छ । 

जाम कोटेश्वर–जडीबुटी

विशेष