News

यस्ता मानिसलाई आफ्नो गोप्य कुरा भुलेर पनि शेयर नगर्नुहोस्

यस्ता मानिसलाई आफ्नो गोप्य कुरा भुलेर पनि शेयर नगर्नुहोस्

महाभारतको तीर्थयात्र पर्वमा भनिएको छ, यी ६ व्यक्तिलाई आफ्नो गोप्य कुरा भुलेर पनि भन्नु हुँदैन। नत्र त्यसले नसोचेको परिणाम निम्त्याउन सक्नेछ। जान्नुहोस कुन ६ व्यक्तिलाई आफ्नो गोप्य कुरा भन्नु हुँदैन 

स्त्री 

अक्सर महिलाहरु चन्चले स्वभावका हुन्छन। उनीहरु कुनै कुरा पेटमा अड्याएर राख्न सक्दैनन्। जति कोसिस गरे पनि उनीहरुले गोप्य कुरा बाहिर निकालेरै छोड्छन। त्यसैले स्त्रीका सामु सकभर गोप्य कुरा शेयर गर्नुहुँदैन। 

मुर्ख मानिस 

मुर्ख भन्नाले आफ्ना र अर्काको कुनै मतलब नराख्ने, सहि गलत् छुट्याउन नसक्ने बुझिन्छ। यस्ता मानिससँग आफ्ना गोप्य कुरा शेयर गरेमा यिनीहरुले जुनसुकै बेला जसलाई पनि त्यो कुरा लगाईदिन सक्छन। जुन कुरा हाम्रो दुश्मनले थाहा पायो भने त्यसले ठुलो समस्या निम्त्याउन सक्छ। 

बालक 

बच्चाको अगाडी पनि कुनै महत्वपूर्ण कुरा गर्नुहुँदैन किनकी यिनीहरुलाई यस कुराको ज्ञात हुन्न कसलाई के भन्ने के नभन्ने। 

लोभी 

जो मानिसमा धन सम्पतिको लालच हुन्छ त्यस्ता मानिसले अरुलाई नोक्सान पुर्याउन जुनसुकै हदसम पनि जान सक्छन। चाहे त्यो दुश्मन नै किन नहोस त्यसकारण यस्ता मानिसका समू पनि आफ्ना गोप कुरा भुलेर पनि शेयर गर्नु हुँदैन। 

चोर डाँका 

समाजलाई असर पुर्याउने प्रवित्ति भएका मानिसहरु जस्तै चोर, डाँका , अपराधी यिनीहरुको संसर्ग बाट सकेसम्म टाढा रहनु आवश्यक छ। यिनीहरुले आफ्नो फाइदाका लागि जस्तोसुकै कम गर्न पनि पछि पर्दैनन्।  

पागलपन 

कहिले अति खुसि हुने कहिले अति उदास देखिने यस्ता मानिससंग पनि काफ्ना गोप्य कुरा शेयर गर्नु हुँदैन। 

गोप्य कुरा

विशेष