News

चीनबाट आउन छोडेपछि आकाशियो लसुनको भाउ, मासु प्रतिकेजी ४ सय

चीनबाट आउन छोडेपछि आकाशियो लसुनको भाउ, मासु प्रतिकेजी ४ सय

काठमाडौँ। दैनिक उपभाेग्य सामानको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । अहिले लसुनको मूल्य औसत ५५० रुपैयाँ प्रतिकेजीमा पुगेको छ ।

कुखुराको मासु, लसुन लगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ। हाल खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४०५ रूपैयाँभन्दा माथि पुगेको छ । ह्याचरी व्यवसायीहरूले एक महिनासम्म गरेको हड्तालका कारण बजारमा मासुको मूल्य आकासिएको हो । एक महिना अघिसम्म प्रतिकेजी २५० रूपैयाँमा किनबेच भइरहेको मासु अहिले ४०५ रूपैयाँ नाघेको छ ।

यस्तै, १५ दिनअघिसम्म कालिमाटी बजारमा सुकेको लसुनको मूल्य किलोको औसत २४५ रुपैयाँ थियो । बजारमा प्याजको मूल्यले उपभोक्तालाई सताइरहेका बेला लसुनको मुल्यले पनि नयाँ रेकर्ड राखेको छ । चीनबाट हुने आयात प्रभावित भएपछि लसुन महंगिएको हो ।

लसुन मासु

विशेष