विदेश

चीनमा गयो ५.१ म्याग्निच्युडको भूकम्प

चीनमा गयो ५.१ म्याग्निच्युडको भूकम्प

कोरोना भाइरसको संक्रमणले थलिएको चीनमा सोमबार बिहान भूकम्प गएको छ।  दक्षिणपश्चिम क्षेत्रमा रहेको सिचुआनको छङ्दुमा ५.१ म्याग्निच्युडको भूकम्प आएको हो ।

भूकम्पको केन्द्रविन्दु छङ्दुभन्दा ३५ किलोमिटर पर रहेको छ । भूकम्पका कारण ठूलो भौतिक क्षति भएको छैन । मानवीय क्षतिको भएको खबर पनि नरहेको सिन्ह्वाले जनाएको छ ।

भूकम्पको धक्काले स्थानीय बासिन्दा भने त्रसित भएका थिए । उनीहरु घर बाहिर निस्किएका थिए ।

चीन भुकम्प

विशेष