प्रतिबन्धित विप्लव समूहका नेता कोरिया र रसिया पुगे
काठमाडौं - प्रतिबन्धित नेत्र विक्रम चन्द(विप्लव) समूहका एक जना केन्द्रीय नेता विदेश भ्रमणमा निस्किएकाे जानकारी अाएपछि प्रहरी सतर्क भएकाे छ।
सूचना संकलन, आतंकवाद र विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने प्रहरीको विशेष ब्युरोको नियन्त्रणमा रहेका केन्द्रीय जनसम्पर्क महासंघका कोषाध्यक्ष अर्जुन कटवाल उत्तर कोरिया र रसिया गएको भेटिएपछि प्रहरीले विस्तृत अनुसन्धान समेत थालेको छ ।
उनी उक्त २ देश लगायत विभिन्न मुलुकमा शंकास्पद भ्रमण गरेको भेटिएको प्रहरीकाे प्ररम्भिक अनुसन्धानबाट खुलेकाे छ।
उनी कसरी र के प्रयोजनका लागि ती मुलुकसम्म पुगे भन्ने खुलेको छैन । वैदेशिक भ्रमणमा कटवालको सम्पर्क सूत्रबारे खोजी भइरहेको प्रहरीकाे भनाइ छ ।