News

सिजी कम्युनिकेसनको दूरसञ्चार लाइसेन्स खारेज

सिजी कम्युनिकेसनको दूरसञ्चार लाइसेन्स खारेज

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले चौधरी ग्रुपको सिजी कम्युनिकेसनको लाइसेन्स खारेज गरेको छ। प्राधिकरणले आइतबारबाट लागू हुने गरी सिजीको लाइसेन्स खारेज गरेको हो। 

प्राधिकरणका अनुसार कम्पनीलाई ७ जिल्लामा दिइएको लिमिटेड मोबिलिटी सर्भिस बेस्ड अन वायरलेस टेलिकम्युनिकेसन्स सेवाको अनुमतिपत्र कानुनअनुसार नवीकरण दस्तुरसहित निवेदन पेश नगरेकाले स्वतः रद्द भएको हो। 

प्राधिकरणले सिजीलाई बागलुङ, पाल्पा, कञ्चनपुर, डडेलधुरा, बैतडी, बर्दिया र दैलेखका लागि लाइसेन्स दिएको थियो। २०६६ साल माघ १० गते सिजीलाई दिइएका यी लाइसेन्स १० वर्षपछि स्वतः खारेज भएका हुन्। 

विशेष