विप्लव समुहका नेता कलंकीबाट पक्राउ
काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जनसम्पर्क समितिका कोषाध्यक्ष अर्जुन कटवाल पक्राउ परेका छन्।
उनलाई मंगलबार बिहान प्रहरीको विशेष ब्यूरोको टोलीले काठमाडौंको कलंकीस्थित उनकै अफिसबाट पक्राउ गरेको हो।उनका साथबाट प्रहरी चेकबुक, चन्दा संकलनको रसिद, विभिन्न व्यक्तिको नाममा काटिएका अन्य रसिद र कागजपत्र बरामद गरेको छ।
केही दिनअघि ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको ढुंगेधारास्थित घरमा भएको बम बिस्फोटमा संलग्न हुन सक्ने भन्दै प्रहरी त्यसतर्फ पनि उनीमाथि अनुसन्धान गरेको छ।
गत वर्षको फागुन २८ गते विप्लव नेकपालाई सरकारले प्रतिबन्ध लगाएपछि सो पार्टीका नेता कार्यकर्ता पक्राउ पर्दै आएका छन्।