कोरोना भाइरसबाट हङकङमा पनि चिनियाँकाे नागरिक मृत्यु
काठमाडाैँ – कोरोना भाइरसको संक्रमणबाट हङकङमा पनि एक चिनियाँ नागरिकको ज्यान गएको छ। कोरोना भाइरस संक्रमणका कारण बिरामी ३९ वर्षीय चिनियाँ पुरुषको उपचार क्रममा मंगलबार बिहान मृत्यु भएको हो।
न्यु काउलुनको लाई चि कोकस्थित प्रिन्स मार्गरेट अस्पतालमा उनको मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन्। यही जनवरी २१ तारिख ती व्यक्ति उच्च गतिको रेलबाट कोरोना भाइरस उत्पन्न भएको स्थल– चीनको उहान पुगेका थिए। जनवरी २३ तारिख चीनकै चाङसान काउन्टीबाट हङकङ फर्किएका उनी गत हप्ता मांसपेशी दुख्ने र ज्वरो आउने समस्याले थलिएका थिए।
उपचारका लागि याउमा तेईस्थित क्विन एलिजावेथ अस्पताल गएका उनको परीक्षण गर्दा कोरोना भाइरस भेटिएको थियो। त्यसपछि उपचारका लागि प्रिन्स मार्गरेट पुर्याइएका उनको उपचार क्रममा मंगलबार बिहान मृत्यु भएको हो।
ती व्यक्ति हङकङका १३औं संक्रमित थिए। कोरोनाबाट संक्रमित १५ जनामध्ये एक जना उनको मृत्यु भएको हो। योसमेत गरेर कोरोनाको उदगमस्थल चीनबाहिर कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि आइतबार फिलिपिन्समा कोरोना संक्रमणबाट एक चिनियाँकै मृत्यु भएको