अन्तत: चितवनकाे प्रहरी प्रमुखकाे रूपमा गुरुङलाई पठाइयो
काठमाडौं – प्रहरी प्रधान कार्यालयले चितवनमा प्रहरी प्रमुखकाे रूपमा एसपी नान्तीराज गुरुङलाई पठाइएको छ।त्यस्तै एसपीगंगा पन्तलाई पर्सा प्रमुखका रुपमा काज सरुवा गरेको छ।
यसअघि नियमित सरुवामा पन्तलाई चितवन पठाइने निर्णय भएको भएपनि सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को असन्तुष्टिपछि उनलाई त्यहाँ जान रोकिएको थियो। प्रचण्डको अडानपछि चितवनका एसपी दानबहादुर मल्लले पनि जिल्लाको नेतृत्व छाड्न मानेका थिएनन्।
तिव्र विरोधपछि प्रचण्डका पूर्व पीएसओसमेत रहेका मल्ल आफु सरुवा भएको ठाउँमा पुगेका थिए। तर पन्तलाई चितवन जान रोकिएको थियो।
यसैगरि बारामा एसपी कृष्ण पंगेनीलाई पठाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।