News

पत्रकारको लाइसेन्स परिक्षा हटाउने तयारी

पत्रकारको लाइसेन्स परिक्षा हटाउने तयारी

काठमाडौँ । मिडिया काउन्सिल विधेयकमा प्रस्तावित ‘पत्रकारको लाइसेन्स परीक्षा’ लिने प्रावधान विवादित बनेपछि राष्ट्रिय सभा सचिवालयले विधायन समितिको प्रतिवेदनलाई प्रक्रियामा नलगी रोकेको छ ।

सत्तारूढ दल नेकपाका केही सांसदले हालेको संशोधनअनुसार समितिले पत्रकार हुन परीक्षाको प्रावधान थप गरेपछि पत्रकारिता क्षेत्रबाट तीव्र विरोध भएको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पनि पत्रकारलाई लाइसेन्स परीक्षा सम्भव नहुने बताइसकेका छन् । प्रतिपक्षी कांग्रेसले समितिको छलफलमै त्यसमा असहमति जनाएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकशित छ।  


 

पत्रकार लाइसेन्स परिक्षा

विशेष