चीनमा कोरोनाः ज्यान गुमाउनको संख्या ४२५ पुग्यो, २० हजार बढी संक्रमित
काठमाडौंः चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनको संख्या संख्या ४ सय २५ पुगेको छ । नेशनल हेल्थ कमिशनले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार थप ६४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । मृत्यु हुने सबै हुबेई प्रान्तको वुहान सहरका छन् । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० हजार ४ सय ३८ पुगेको पुष्टि भएको छ ।
अधिकारीहरुका अनुसार हिजो मात्रै ३ हजार नयाँ संक्रमित भेटिएका छन् । सन् २००२ र २००३ मा सार्स भाइरस महामारीका रुपमा फैलिँदा चीन तथा हङकङमा ३ सय ४९ जनाको मृत्यु भएको थियो। सार्सका कारण फिलिपिन्सलगाएत अन्य देशमा १५० मृत्यु भएको थियो । यसपटक कोरोनाले सार्सको महामारीलाई पनि उछिन्दै विकराल अवस्था ल्याउन सक्ने विश्व स्वास्थ्य संगठन डब्लु एचओले आशंका गरेको छ।
कोरोना भाइरस चीन