News

डेढ लाख घुससहित नायब सुब्बा पक्राउ

डेढ लाख घुससहित नायब सुब्बा पक्राउ

महोत्तरीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले जनकपुर भन्सार कार्यालयका नायब सुब्बा अहमद रजा अन्सारीलाई घुस सहित रंगेहात पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–९ स्थित पिडारी चोकबाट १ लाख ५० हजार घुस सहित अन्सारीलाई अख्तियारको टोलीले सोमबार साँझ पक्राउ गरेको हो ।

एक सेवाग्राहीबाट रकम लिएकै अवस्थामा नासु अन्सारीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारबाहीको लागि नियन्त्रणमा राखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरी नायब सुब्बा

विशेष