विदेश

केन्याका पूर्व राष्ट्रपति अरप मोइको ९५ वर्षको उमेरमा निधन

केन्याका पूर्व राष्ट्रपति अरप मोइको ९५ वर्षको उमेरमा निधन

एजेन्सी। केन्याका पूर्व राष्ट्रपति डानियल अरप मोइको ९५ वर्षको उमेरमा निधन भएको छ । अफ्रिकी देशहरुमा दुई दशकभन्दा लामो समय शासन गरेका मोइको मृत्यु भएको राष्ट्रपति उहुरु केन्याट्टाले बताए ।

२४ वर्ष सत्तामा रहेका मोइले दमनकारी नीति अवलम्बन गर्दा भ्रष्टाचार र अनियमितता बढेको बताइएको छ । पूर्व शिक्षक समेत रहेका मोइ अफ्रिकी देशहरुमा सबैभन्दा बढी शासन गर्ने व्यक्तिको रुपमा चिनिन्छ ।

तानाशाही भएपनि केन्याली नागरिकको समर्थनका कारण मोइ लामो समय सत्तामा टिकेको विश्लेषकहरुको भनाइ छ ।  सन् १९८२ मा मोइको सरकारले संसदमार्फत संविधान संशोधन गरेसँगै केन्यामा प्रजातान्त्रिक व्यवस्था अवलम्बन गरिएको थियो । 

 

केन्या निधन पूर्व राष्ट्रपति

विशेष