अमेरिकाले लगायो म्यानमारसहित यी ६ देशमाथि भिसा प्रतिबन्ध
एजेन्सी । अमेरिकाकाले आफ्ना देशमा प्रवेश गर्ने नीतिलाई कडाई गरेको छ । जनवरी ३१ मा प्रकाशित विज्ञप्तिका अनुसार म्यानमारसहित ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा गरेको छ ।
विज्ञप्तिका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने घोषणामा हस्ताक्षर गरेका छन् ।
बर्माका आप्रवासीहरु पनि अमेरिका आउन नपाउने भएका छन् । भिसा प्रतिबन्ध लागेसँगै अमेरिकी सरकारले अन्य देशहरुमा यस्तो निर्णय गर्न सक्ने बताइएको छ । विशेष आप्रवासीका लागि योग्य हुनेले भने भिसा प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । इरिटेरिया, क्रिग्रिस्तान र नाइजेरियामाथि पनि यस्तै खालको भिसा प्रतिबन्ध लगाइएको छ ।
अमेरिका भिसा प्रतिबन्ध