News

‘पर्यटन प्रवर्द्धनका लागि पर्याप्त स्रोत र जनशक्ति छैन’

‘पर्यटन प्रवर्द्धनका लागि पर्याप्त स्रोत र जनशक्ति छैन’

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवर्द्धनका लागि बजेट न्यून रहेको बताएका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको भ्रमण वर्ष २०२० को कार्यान्वयनको अवस्था विषयक छलफलमा मन्त्री भट्टराईले भने,'भ्रमण वर्ष र पर्यटन प्रवर्द्धनका लागि जनशक्ति र स्रोत, साधन मात्रै नभएर बजेट पनि छ।' 

‘भ्रमण वर्ष र पर्यटन प्रवर्द्धनका लागि स्रोतहरुको अभाव छ । हामी २०, २५ करोडको कुरा गरिरहेका छौं । यो अन्त्यन्तै न्यून बजेट हो’, उनले थप्दै भने । मन्त्री भट्टराईले नेपालको पर्यटन प्रवर्द्धन र भ्रमण वर्षलाई प्रभावकारी बनाउन जनशक्ति थप्दै स्रोत साधन बढाउने कुरामा जोड दिने प्रतिवद्धता जनाए । 

विशेष