भाइरल ज्वरोका कारण २ को मृत्यु, २ सय १५ जनाभन्दा बढी बिरामी
बाजुरा – बाजुरामा भाइरल ज्वरोका कारण २ जनाको ज्यान गएकाे छ। स्वामीकार्तिक खापर गाँउपालिकामा उक्त भाइरल ज्वरोका कारण उनीहरूकाे ज्यान गएकाे हाे।
मंगलबार बिहान स्वामीकार्तिक खापर गाँउपालिका–१ की अन्दाजी ५५ वर्षकी मिमा खडाराको ज्यान गएकाे थियो भने फेरि बुधबार सोही गाँउपालिकाका ७० वर्षजतिका दलबहादुर रावलको ज्यान गएकाे छ।
गाउँपालिकाको वडा नम्बर एकका विभिन्न स्थानमा सिजनल फ्लू भनिएको भाइरल ज्वरोका कारण अहिलेसम्म २ सय १५ जनाभन्दा बढी बिरामी रहेको गाउँपालिकाका सूचना अधिकारी कुमेरबहादुर शाहीले जानकारी दिए।
अहिले १५/२० जनाको बिरामीहरुको गाउँपालिकाको स्वास्थ चौकीमा उपचार भइरहेको उनले बताए। सिङ्गो गाउँ नै बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको शाहीले बताए।