News

मन्त्री गुरुङद्वारा ‘महिला सम्बन्धि विशेष नीति’ ल्याउने घोषणा

मन्त्री गुरुङद्वारा ‘महिला सम्बन्धि विशेष नीति’ ल्याउने घोषणा

काठमाडाैँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘महिला सम्बन्धि विशेष नीति’ ल्याउने घोषणा गरेका छन् ।

मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुनेगरी महिला सम्बन्धि विशेष नीति तथा कार्यक्रम ल्याउन लागिएको पनि स्पष्ट पारे ।

‘नेशनल नेटवर्क फर बेइजिङ रिभ्यू नेपाल’ले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले महिला सशक्तिकरणको माध्यामबाट पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यका साथ सरकार अघि बढेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन सम्वद्ध सबै पक्षलाई आह्वान गरे ।  

मन्त्री गुरुङले बोक्सी, दाईजो, बाल विवाहलगायतका सामाजिक कूरीतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए। उनले समाज सेवाको क्षेत्रलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा सूचिकृत गरी अघि बढने योजना पनि अघि सारे ।

‘मुलुकको समृद्धिमा टेवा दिने गरी समाज सेवाको क्षेत्रलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइनेछ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक सुझाव दिन सम्वद्ध सबै पक्षलाई आग्रह गर्दछु ।’मन्त्री गुरुङले सरकारले नागरिक समाजसँगै सहकार्य गरेर मुलुकलाई अघि बढाउन चाहेको पनि बताए। 
 

विशेष