News

ललिता निवास जग्गा प्रकरण: विजय गच्छदार र दीप बस्न्यातलाई भ्रष्टाचार मुद्दा

ललिता निवास जग्गा प्रकरण: विजय गच्छदार र दीप बस्न्यातलाई भ्रष्टाचार मुद्दा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोग बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नमाथि कारबाहीको माग गर्दै विशेष अदालतमा पुगेको छ ।

अख्तियारले जग्गा अनियमिततामा संलग्न नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार र अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलगायत झन्डै १ सय ७५ जना व्यक्तिविरूद्ध भ्रष्टाचार मुद्दा चलाउने भएको छ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छेदार, पूर्व मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्व सचिवहरु छविराज पन्त, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलगायत १ सय ७५ जनामाथि मुद्दा दर्ताका लागि अभियाेगपत्र आइपुगेकाे विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ललितानिवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो। त्यतिबेला गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए भने बस्न्यात उक्त मन्त्रालयमा सचिव थिए।

विशेष