News

हाल साविक भिडाउन ३५ हजार घुस!

हाल साविक भिडाउन ३५ हजार घुस!

नेपालगन्ज- हाल साविक भिडाउन ३५ हजार घुस लिएकाे अवस्थामा नापी कार्यालय बाँकेका सर्बेक्षक यामबहादुर खत्रीसहित दुई जना पक्राउ परेका छन्।

हाल साबिक भिडाउने काम वापत सेवाग्राहीसँग घुस रकम मागेको सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो।

सर्बेक्षक खत्रीसहित आफूलाई लेखापढी गर्ने बताउने रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका प्रताप केसीलाई पनि नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिए। घुस वापतको रकम लिईसकेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए।

विशेष