दुई सातामा ७ लाखको मास्क निर्यात
काठमाडौँ। दुई सातामा ७ लाख ५९ हजार मास्क निर्यात भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार ती मास्क माघ ५ देखि २० गतेसम्म चीन र हङकङतर्फ निर्यात गरिएको हो ।
व्यवसायीहरू भने नेपाली बजारबाट ५० लाख बराबरका साधारण र १ लाख बराबरका ‘एन–९५’ मास्क बिक्री भइसकेका बताउँछन् । जुन मास्क चिनियाँ नागरिकले देश लैजान बाँकी रहेको, नेपालमा पनि प्रयोग बढेको र व्यापारीले कालोबजारी गर्न मौज्दामा राखेको हुन सक्ने अनुमान गरिएको छ । सरकारी तथ्यांकअनुसार व्यवसायीले भनेको संख्यामा ४४ लाखको अन्तर देखिन्छ ।
विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार अधिकारीले भन्सार कार्यालयको तथ्यांकमा कुनै तलमाथि नभएको बताए । भक्तपुर लोकन्थलीका जीएच मेडिहेल्थ कन्सर्नका सञ्चालक होमप्रसाद गौतमले १ लाख ५० हजार थान साधारण र ८५० थान ‘एन–९५×’ मास्क बिक्री गरेको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
मास्क निर्यात ७ लाख