यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । माैसमी प्रणाली सक्रिय नभए पनि महाशाखाले देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ।
आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आज केही स्थानमा आंशिक बदली रहेपनि मौसम सफा रहने जनाएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २२ गते (बुधबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ। पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
रातिः देशका पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।
माघ २३ गते (बिहीबार)
दिउँसोः देशका पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागका सामान्यतया सफा रहने छ । देशको पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।
माघ २४ गते (शुक्रबार)
दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागका आंशिक बदली रहने छ। देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी भू-भागका केहि स्थानहारुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।
रातिः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकि भू-भागका आंशिकदेखि सामान्य बदली रहने छ।
मौसम पूर्वानुमान महाशाखा