News

खाना खाने समयमा झुक्किएर पनि गर्नु हुँदैन यस्ता गल्ति

खाना खाने समयमा झुक्किएर पनि गर्नु हुँदैन यस्ता गल्ति

भोजन हाम्रो जीवनको सबैभन्दा महत्वपुर्ण हिस्सा हो।  किनकी खानाबाट नै हाम्रो शरीरलाई आवश्यक पर्ने सम्पूर्ण शक्ति प्राप्त हुन्छ। धार्मिक शास्त्रमा हाम्रो दैनिक जीवनसंग सम्बन्धित हरेक कामको केहि न केहि नियमको बारेमा बताईएको हुन्छ। यस्तै केहि नियम भविष्य  पुराणमा पनि उल्लेख गरिएको पाइन्छ। आज हामी भोजनको समयमा जोडिएका ति नियमका बारेमा बताउन जाँदैछौं, जो यसप्रकार छन।  

-पुर्व दिशामा फर्किएर खाना खानाले आयु र पश्चिम दिशामा मुख फर्काएर खाना खानाले धन वृद्धि हुने मान्यता रहेको छ।  

-उत्तर तर्फ मुख फर्काएर भोजन गर्नाले मान सम्मान र दक्षिणतर्फ मुख फर्काएर खाना खानाले प्रसिद्धि मिल्छ।  

-भोजनको समयमा पुरा नगरी बिचैमा उठेर हिड़नाले धननाश हुन्छ। 

-एकपटक छोडेको खाना फेरी दोहोर्याएर खानु हुँदैन यसले आयु कम हुन्छ। साथै एकैपटक धेरै खाना पनि खानु हुँदैन। 

-कसैको जुठो खाना खाने र कसैलाई खान दिनु पनि हुँदैन 

-जुठै मुख कठै निस्कनु हुँदैन। यानकी खाना खाएपश्चात थोरै भए पनि पानी पिउनु पर्छ।  

-खाना खाँदा जहिले पनि आनन्दसँग खानुपर्छ।  

 

 

विशेष