News

ज्यान मार्ने मुद्धामा फरार वडाध्यक्ष पक्राउ

ज्यान मार्ने मुद्धामा फरार वडाध्यक्ष पक्राउ

राजविराज। ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका वडाध्यक्ष मंगलबार पक्राउ परेका छन् । सप्तरी प्रहरीले राजबिराज नगरपालिका १५ का वडाध्यक्ष रामप्रसाद यादवलाई पक्राउ गरेको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता तिलक भारतीका अनुसार ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका  वडाध्यक्ष यादवलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा बुझाइएको छ । 

#रामप्रसाद यादव

विशेष