रहेनन् बरिष्ट पत्रकार दुर्गानाथ शर्मा !
काठमाडौँ। बरिष्ट पत्रकार दुर्गानाथ शर्माको ७२ बर्षको उमेरमा निधन भएको छ।
मुटुसम्बन्धी समस्याले ग्रसित शर्माको बुधबार उपचारका क्रममा मनमोहन अस्पतालमा निधन भएको हो। २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको उनको एक्कासी मुटुमा समस्या देखिएपछि गङ्गालाल अस्पतालमा भर्ना गरिएको थियो ।
पाँच दिन गङ्गालालमा उपचार गरी उहाँलाई मङ्गलबार राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उहाँको निधन भएको हो ।
२००४ सालमा इलाममा जन्मिनु भएका शर्माले लामो समयसम्म नेपाल टेलिभिजनमा समाचारवाचन गर्नुभएको थियो भने विश्व घटना नामक कार्यक्रम सञ्चालन गरेर ख्याति कमाउनु भएको थियो।
उहाँको शवलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लैजाने तयारी भईरहेको छ।
#दुर्गानाथ शर्मा