विदेश

सिरियाको इदलिब प्रान्तमा हवाई आक्रमण, ९ सर्वसाधारण मारिए

सिरियाको इदलिब प्रान्तमा हवाई आक्रमण, ९ सर्वसाधारण मारिए

एजेन्सी। सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाइ कारबाहीमा परी कम्तिमा ९ जना सर्वसाधारण मारिएका छन। रुसआवद्ध सेनाले बुधबार बिहानै सो क्षेत्रमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।

मारिएका सर्वसाधारणमध्ये केही बालबालिका पनि परेका मानवअधिकारवादी संघसंस्थाहरुले जनाएका छन । ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ ले उक्त इदलिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ ।

उक्त आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ । अधिकारीहरुले यस हवाई आक्रमण रुसआवद्ध रहेको सेनाले गरेको हुन सक्ने अनुमान गरेको छ। 

सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलनमा शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । वर्षौदेखि जारी गृह युद्धका क्रममा सिरियामा हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

 

हवाई आक्रमण सिरिया

विशेष