News

ललिता निवास जग्गा प्रकरणः पूर्वप्रमुख आयुक्तविरुद्ध मुद्दा दर्ता गर्दै अख्तियार 

ललिता निवास जग्गा प्रकरणः पूर्वप्रमुख आयुक्तविरुद्ध मुद्दा दर्ता गर्दै अख्तियार 

काठमाडाैँ – बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणसँग सम्बन्धित व्यक्तिहरुविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता हुँदैछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात लगायतविरुद्ध मुद्दा दर्ता हुन लागेको छ। 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवाससँगै रहेको एक सय १४ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा नामसारी गरेको आरोप बस्न्यातलगायत करिब एक सय जनामाथि लागेको छ । 

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको तथ्य सार्वजनिक भएपछि मन्त्रिपरिषदको २८ फागुन २०७५ को  निर्णयले अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको थियो । 

त्यसपछि सिआइबीले करिब एक वर्ष लगाएर अध्ययन गर्‍यो र सरकारी जग्गा अतिक्रमणमा अख्तियारका पूर्वप्रमुख बस्न्यातलगायत सरकारी कर्मचारी, व्यापारी, राजनीतिक दलका नेतासमेत संलग्न रहेको प्रतिवेदन गत हप्ता बुझायो ।  एक सय ७० भन्दा बढी व्यक्तिहसँग बयान लिएर तयार पारिएको प्रतिवेदन  सिआइबीले बुझाएपछि अख्तियारले आरोपितहरुमाथि मुद्दा दर्ता गर्ने निर्णय गरेको हो ।

विशेष