बालुवाटार जग्गा प्रकरणमा सम्पत्ति शुद्धीकरकण विभागले थाल्यो अनुसन्धान
काठमाडौं – बालुवाटारकाे ललिता निवास जग्गा हिनामिना गरी भ्रष्टाचार गरिएकाे प्रकरणमा सम्पत्ति शुद्धीकरकण विभागले अनुसन्धान शुरु गरेको छ। उक्त प्रकरणमा संलग्नहरुमाथि विभागले वृहत रूपमा अनुसन्धान थालेकाे हाे।
अख्तियारले मुद्दा दर्ता गरेपछि विभागले जग्गा प्रकरणमा मुख्य भूमिका खेल्ने र अधिकतम लाभ लिने पूर्वमन्त्री, सचिव र ठूला व्यापारिक घरानाको सम्पत्ति छानबिन गर्न थालेको हो ।
विभागमा महानिर्देशक रूपनारायण भट्टराईका अनुसार ‘पोलिटिकल्ली एक्सपोज’ भएकाहरूमाथि अधिकृत तोकेर अनुसन्धान थालिएको हो । विभागले यसअघिदेखि नै पूर्वासचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतको सम्पत्ति छानविन गरिरहेको थियो ।
बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।