सरकारले दियाे राना थारुलाई छुट्टै जातको मान्यता

सरकारले दियाे राना थारुलाई छुट्टै जातको मान्यता

काठमाडौं । सरकारले राना थारुलाई छुट्टै जातकाे मान्यता दिएकाे छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

उनले भने,'राना थारु छुट्टै जातमा सूचीकृत भएपछि आदिवासीरजनजाति अन्तर्गतका जात वा समुदायको संख्या ६० पुगेको छ । आदिवासीरजनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले ५९ जातलाई आदिवासीरजनजाति परिभाषित गरेको छ ।'

ऐन अनुसार आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदाय ‘आदिवासीरजनजाति’ हुन् । संविधानमा थारु आयोग र आदिवासी जनजाती आयोग गठनको व्यवस्था गरिएको छ ।

संम्बधित खबर

विशेष