मेयरले हाजिरी खाता नै गायब पारेपछि ........
विराटनगर। मोरङको सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले हाजिरी खाता गायब गरेपछि नगरका कर्मचारीले एक महिनादेखि हाजिर गर्न पाएका छैनन् ।
सरुवा भएर आएका कार्यकारी अधिकृत पुरुषोत्तम घिमिरेलाई हाजिर हुन नदिने भन्दै उनले खाता नै गायब बनाएका हुन् । तत्कालीन कार्यकारी अधिकृत राजकुमार केसी धनुषाको नगराइन नगरपालिकामा सरुवा भएर गएपछि घिमिरे रौतहटको चन्दपुर नगरपालिकाबाट पुस २८ मा सरुवा आएका थिए ।
२८ गते नगरपालिका कार्यालयमा हाजिर हुन पुग्दा मेयर दासले कार्यकारीले हाजिर गर्ने एक नम्बर हाजिरी रजिस्टर लिएर हिँडेका थिए । त्यसपछि घिमिरेले नयाँ रजिस्टर किनेर त्यसैमा हाजिर जनाउँदै आएका छन् । अरू अधिकृत कसैले पनि एक महिनादेखि हाजिर गर्न नपाएको उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा बिनोद भण्डारीले लेखेका छन।