अझै उठेन पञ्चदेवलका वडाध्यक्ष धामीको शव, आज पनि बजार बन्द
मंगलशेनः अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको शंकास्पद मृत्यु भएको तीन दिन भइसक्दा पनि अझै शव उठ्न सकेको छैन । मृतक वडाध्यक्ष धामीका आफन्तहरु एवं स्थानीयले आज पनि विहानैदेखि विनायक बजार बन्द गराएका छन् ।
धामीको शव मंगलबार बिहान ५ बजे गैरीगाँउस्थित गोठछानामा फेला परेको थियो । प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ । हत्याराको पत्ता नलागेसम्म शव उठाउन नदिने आफन्तको अडानका कारण हालसम्म पोष्टमार्टम समेत हुने सकेको छैन ।
अछाम प्रशासन, प्रहरी र स्थानीय तह र स्थानिय अगुवाहरुले शवको पोस्टमार्टमका लागी पहल गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, अछाम प्रहरी प्रमुख डिएसपी दीपक भारती, नगर उपप्रमुख अम्बिका चलाउने , नेकपाका प्रदेश सदस्य नन्द बहादुर कडायत, नेपाली कांग्रेस अछामका सभापतति भरतकुमार स्वाँरलगायत आफन्तहरुले बुधबार विभिन्न चरणमा छलफल गरेपनि निस्कर्षमा पुग्न सकेका छैनन् ।
अछाम पदमबहादुर धामी पन्चदेवल नगरपालिका