कलंकीमा टिपर र मोटरसाइकल ठोक्किँए, २ युवकको मृत्यु

काठमाडौंः कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार राति कलंकीको अन्डरपासमा नम्बर नखुलेको टिपरको ठक्कर दिँदा रौतहटको कटहरिया गाउँपालिका–४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया– ७ का २४ वर्षीय मुन्ना चौधरीको ज्यान गएको हो ।
चौधरीद्वय प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार थिए । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिएपछि टिपर भागेको छ । ठक्कर दिने टिपरका चालकको खोजी भरहेको प्रहरीले जानकारी दिएको छ ।
टिपर दुर्घटना कलंकी