नयाँबानेश्वरमा नेकपा नेता गिरीको शंकास्पद मृत्यु
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ । नयाँबानेश्वरको आलोकनगरमा उनको मंगलबार राति शंकास्पद मृत्यु भएको हो । नयाँबानेश्वरको डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएपछि महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।
डीएसपी रेग्मीका अनुसार राति १० बजेतिर अस्पताल पुर्याइए पनि उनलाई चिकित्सकले मृत घोषित गरे । उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी पनि घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको बताउँछन् । उनले प्रकरणको अनुसन्धानका क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको बताए । उनका अनुसार गिरीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । प्रारम्भिक अनुसन्धानमा उनको टाउको, घाँटी र तीघ्रामा चोट देखिएको छ भने खुट्टाको हड्डी पनि भाँच्चिएको देखिएको बोगटीको भनाइ छ ।
नेकपा हरिदेव गिरी शंकास्पद मृत्यु