चीनमा कोरोना भाइरसका कारण मर्ने संख्या ४९० पुग्यो, २६ हजार संक्रमित
एजेन्सी। चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार भाइरसबाट अहिलेसम्म २४, ३२४ जना संक्रमित भइसकेका छन् ।
हङकङमा पनि बुधबार बिहान कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो । यसअघि फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । हुबई प्रान्तमा ६५ जनाको ज्यान गएको छ । त्यसैगरी, ८९२ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । तीमध्ये १२५ जना हुबई अस्पतालबाट डिस्चार्ज भएका थिए ।
चीनको वुहानमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । चीन सरकारले कोरोनाभाइरस संक्रमितको उपचारको लागि १० दिनभित्र नै दुई वटा अस्पताल बनाइसकेको छ ।
कोरोना भाइरस