News

गच्छदारविरुद्ध मुद्दाः कांग्रेसले बाेलायाे आकस्मिक बैठक

गच्छदारविरुद्ध मुद्दाः कांग्रेसले बाेलायाे आकस्मिक बैठक

काठमाडौंः ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि नेपाली कांग्रेसले  आकस्मिक बैठक बाेलाएकाे छ । 

बैठकमा कांग्रेस निकट कानुन व्यवसायीको पनि सहभागिता रहेको छ । कांग्रेस नेताहरु बिहान १० बजेबाट पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफलमा जुटेका छन् ।

बैठक उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गच्छादरविरुद्ध दायर मुद्दाका विषयमा छलफल भइरहेको बताए ।

अख्तियारले बुधबार ललिता निवास प्रकरणमा दोषी ठहर गर्दै कांग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

ललितानिवास प्रकरण विजयकुमार गच्छदार काँग्रेस

विशेष