News राजनीति

गच्छदारलाई मुद्दा चलाएको भन्दै काँग्रेस सांसदद्वारा संसद अवरुद्ध

गच्छदारलाई मुद्दा चलाएको भन्दै काँग्रेस सांसदद्वारा संसद अवरुद्ध

काठमाडौंः सांसद विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।  

आजको बैठकको सुरुमा काँग्रेस सांसद पुष्पा भुषालले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले त्यसको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्नुपरेको बताइन् । त्यसपछि काँग्रेस सांसदहरुले उठेर अवरुद्ध गरेका थिए ।

सभामुख अग्नि सापाकोटाले संसदले विभिन्न कानुनहरु बनाउनुपर्ने भन्दै काँग्रेस सांसदलाई अवरोध हटाउन आग्रह गरेपनि उनीहरु बस्न नमानेपछि सभामुख सापकोटाले बैठक शुक्रबारसम्मका लागि स्थगित गरेको घोषणा गरेका थिए ।

विजयकुमार गच्छदार नेपाली काँग्रेस प्रतिनिधि सभा बैठक

विशेष