विदेश

नवजात शिशुमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

नवजात शिशुमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

बेईजिङ। चीनमा एक नवजात शिशुमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ। चिनियाँ चिकित्सकहरुका अनुसार ती शिशु जन्मिएको ३० घण्टामै कोरोना संक्रमण देखिएको हो । शिशुकी आमालाई यसअघि नै कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

वुहानको एक अस्पतालमा फेब्रुअरी २ मा ती शिशु जन्मिएका थिए । बच्चाको स्वासप्रस्वासमा समस्या देखिएको बताइएको छ । साथै आमा र शिशु दुबैलाई स्वास्थ्य निगरानीमा राखिएको छ ।

चीनमा अहिलेसम्म ५ सय ५० भन्दा धेरैको मृत्यु भइसकेको छ । २८ हजार भन्दा धेरै संक्रमित छन् । चीनको वुहानमा सुरु भएको कोरोना भाइरस अहिलेसम्म विभिन्न २७ देशमा फैलिएको छ 

नवजात शिशु

विशेष