News

धरौटी राख्ने मसँग सम्पत्ति छैन, जेलमै मर्न पनि सक्छु: पूर्व भूमिसुधारमन्त्री जाेशी

धरौटी राख्ने मसँग सम्पत्ति छैन, जेलमै मर्न पनि सक्छु: पूर्व भूमिसुधारमन्त्री जाेशी

काठमाडाैं – राजनीतिज्ञ तथा पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा नचिताएको आराेप लगाइएकाे बताए।

जीवनमा उनले कहिल्यै नचिताएको यत्रो आरोप लागेको भोलिपल्ट बिहानै उनको निवास पुग्दा केही शुभेच्छुकबीच दिक्दार मुद्रामा बसिरहेका थिए। ‘त्यत्रो पैसा मैले जीवनमा देखेको पनि छैन, भ्रष्टाचार त मैले कल्पना समेत गर्न नसक्ने विषय हो’, जोशीले भने।

उक्त ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ करोड ८ लाख ४८ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जोशीले भने, ‘अब मैले के गर्नु? जे गर्छ, अदालतले गर्छ। पैसा तिरेर वकील राख्नसक्ने हैसियत मसँग छैन। म केही गर्न सक्दिनँ। ’ ‘यत्रो बिगो बमोजिमको धरौटी राख्ने मसँग सम्पत्ति पनि छैन। बिगो बमोजिम जेल राखियो भने मसँग जेलमै मर्नुबाहेक कुनै उपाय छैन।’

सुदूर पश्चिमको दार्चुलामा जन्मेका जोशी लामो संघर्षपछि गरिबी छिचोलेर नेकपा (संयुक्त) को अध्यक्ष र डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला चार महिना भूमिसुधार मन्त्री भएका थिए।

विशेष