अधिवक्ताले घुस लिएपछि ठगी आरोपमा पक्राउ
काठमाडौं – अधिवक्ताले घुस लिएपछि ठगी आरोपमा पक्राउ परेका छन्। थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा माइतीघरस्थित जन न्यायिक कानुनी सेवामा कार्यरत अधिवक्ता टंकबहादुर राना मगर पक्राउ परेका हुन्।
उनीमाथि ठगी गरेकाे आरोप पीडित पक्षले लगाएका छन्। उनले नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनेर पीडित परिवारसँग ४२ लाख रुपैयाँ घुस लिएको प्रहरीको दाबी छ ।
दाहाल राजस्व चुहावटको आरोपमा २७ मंसिर २०७५ मा पक्राउ परेका थिए र उनीसँग २ करोड २५ लाख रुपैयाँ धरौटीमा मागिएको थियो ।