News

गच्छदारको सांसद पद निलम्बन (विज्ञप्तिसहित)

गच्छदारको सांसद पद निलम्बन (विज्ञप्तिसहित)

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका उपनेता विजय गच्छदारको सांसद पद निलम्बनमा परेको छ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा गच्छदार लगायत १ सय ७५ विरुद्ध विशेष अदालतमा मुद्वा दायर गरेपछि संसद सचिवालयले शुक्रबार विज्ञप्ति जारी पद निलम्बनमा परेको जानकारी दिएको हो।

सचिवालयले भ्रष्टाचार निवारण ऐन अनुसार गच्छदारको पद निलम्बनमा परेको जनाएकाे छ। अख्तियारले गच्छदारविरुद्ध परेको मुद्दाको जानकारी संसद सचिवालयलाई गराएसँगै सचिवालयले सूचना जारी गरेको हो।

विशेष