News

बागलुङमा जन्ती लिएर आउँदै गरेको ट्याक्टर दुर्घटना: ३ जनाको मृत्यु ४ को अवस्था गम्भीर

बागलुङमा जन्ती लिएर आउँदै गरेको ट्याक्टर दुर्घटना: ३ जनाको मृत्यु ४ को अवस्था गम्भीर

बागलुङ। बागलुङ  जिल्लाको तमाखोला गाउँपालिकामा बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा  परि तीन जनाको मृत्यु भएको छ ।

ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।    
    
दुर्घटनाग्रस्त ट्याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा बिहेको जन्ती लिएर आएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् ।

म्याग्दी मालिका गाउँपालिका–२ का वर्ष ४८ का मनप्रसाद पुन, वर्ष २९ को चालक रमेश घर्ती, वर्ष ४२ का खगेन्द्र पुन र वर्ष ४३ कि गौमाया पुनको अवस्था गम्भीर रहेको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ ।    
    
ट्याक्टरमा २०÷२५ जना सवार रहेको अनुमान गरिएको र अहिले घटनास्थलमा खोजी र उद्धार कार्य जारी रहेको प्रहरी प्रमुख भट्टले बताए । ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ ।

 

ट्याक्टर दुर्घटना

विशेष