News

गच्छदारलाई भ्रष्टाचार मुद्दा लाग्दा प्रतिनिधिसभा बैठक अवरुद्ध

गच्छदारलाई भ्रष्टाचार मुद्दा लाग्दा प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा चल्दा बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । ललिता निवास जग्गा प्रकरणमा उनीमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै कांग्रेसका सांसदहरूले सदन अवरुद्ध गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ललिता निवास प्रकरणमा गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तत्कालीन प्रधानमन्त्रीलाई छुट दिएर प्रतिपक्ष भएकै कारणले उनलाई मुद्दा चालाइएको कांग्रेस सांसद पुष्पा भुसालले बताइन् ।

प्रतिनिधिसभाको बैठक सुरु भएसँगै प्रमुख प्रतिपक्ष दलका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख अग्नी सापकोटाले भुसाललाई धारणा राख्न समय दिएका थिए । उनले आफ्नो दलको उपनेतालाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको बताउँदै सदन सुचारु गर्न नदिने बताएकी थिइन् । यो समाचार आजको राजधानी दैनिकमा सबिन शर्माले लेखेका छन।  
 

#विजयकुमार गच्छदार

विशेष