‘स्पार्टकस’ चलचित्रका नायक किर्क डगलसको १०६ वर्षमा निधन
काठमाडौंः ‘स्पार्टकस’ चलचित्रका नायक किर्क डगलसकाे १०६ को उमेरमा निधन भएको छ । संसारको सबैभन्दा पहिला इटालीको रोम राज्यमा मालिकविरुद्ध दासहरुले विद्रोह गरेको उपन्यासमा आधारित ‘स्पार्टकस’ चलचित्रका नायक डगलसले ओस्कार पुरस्कार पाएका थिए ।
डगलसका छोरा माइकल डगलसले जारी गरेको विज्ञप्तिमा स्पार्टकस चलचित्रका नायक किर्क डगलस १०६ वर्षको उमेरमा निधन भएको उल्लेख गरेका छन् ।
चलचित्र तथा रंगमञ्चमा काम गरेका उनले दुवै क्षेत्रमा विभिन्न भूमिकामा अभियन गरेका छन् । सन् १९१६ मा न्यूयोर्कमा जन्मिएका उनले हलिउडको गोल्डेन एज’ मा आफ्नो प्रभाव कायम गरेका थिए ।
उनले सन् १९४९ मा च्याम्पियनका लागि पहिलो पटक ओस्कारमा मनोनयन प्राप्त गरेका थिए । उनी ओस्कार विजेता अभिनेता माइकल डगलसका पिता पनि हुन् ।
माइकलले जारी गरेको वक्तव्यमा किर्क आफू र जोएल तथा पिटरका लागि स्नेही पिता रहेको र उनलाई गुमाउनु पर्दा गम्भीर पीडामा परेको उल्लेख छ ।
किर्क डगलस सन् १९४० को दशकदेखि २००० को दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले ९० भन्दा बढी चलचित्रमा काम गरेका छन् । उनको सर्वाधिक चर्चित चलचित्र स्पार्टकस हो ।
किर्क डगलस स्पार्टकस ओस्कार पुरस्कार