शुक्रबार यसरी गर्नुहोस माता लक्ष्मीको आराधना, हुनेछ धनको वर्षा
काठमाडौं। हिन्दु सनातन धर्ममा शुक्रवारलाई लक्ष्मी र वैभव–विलासको दिन मान्ने गरिन्छ । आज माता लक्ष्मीलाई खुसी पार्नका लागि विभिन्न कामहरु पनि गरिन्छ । यसै अवसरमा आज हामी माता लक्ष्मीलाई खुसी पार्न अपनाउनुपर्ने उपायहरुका बारेमा जानकारी गराउँदै छौं, जसले गर्दा तपाईको जीवनमा सधैं सुख शान्ति र समृद्धि प्राप्त हुनेछ ।
भनिन्छ माता लक्ष्मी जुनसुकै समयमा पनि घरमा आउन सक्छिन । तथापि साँझको समयमा घरमा लक्ष्मीको प्रवेश हुने भएकाले साँझमा माताको नाममा दीप प्रज्वलन गर्नुलाई शुभ मानिन्छ ।
शुक्रवार बिहानै शुद्ध मनले गाईलाई रोटी खुवाउँदा पनि लक्ष्मी प्रसन्न हुने मान्यता रहेको छ ।
शुक्रवारको दिन सम्भवत घर सरसफाई गर्नुहुँदैन यसले घरमा लक्ष्मीको वास नहुने बिश्वास गरिन्छ ।
यसका अलावा अरु के गर्ने?
-घरमा तुलसी रोप्ने र नियमित पुजा गर्ने
-पानीमा चन्दन मिसाएर स्नान गर्ने
-चाँदी या चन्दनको टुक्रालाई नदीमा बहाउने
-सुगन्धित वस्तुहरुको प्रयोग गर्ने
माता लक्ष्मी