News

हवन गर्दा पटक–पटक 'स्वाहा' किन भनिन्छ ? जान्नुहोस्

हवन गर्दा पटक–पटक 'स्वाहा' किन भनिन्छ ? जान्नुहोस्

काठमाडौं । वैदिक सनातन धर्ममा पूजापाठ र हवनयज्ञको विशेष महत्व छ । कुनै पनि शुभ कार्यमा हवन गर्नुलाई महत्पूर्ण मानिन्छ। हवन गर्दा ‘स्वाहा’ शब्द उच्चारण गरिन्छ । किन यसो गरिएको हो ? आउनुस् यसको चर्चा गरौं ।

‘स्वाहा’को महत्व हामीमध्ये धेरैजनालाई थाहा छैन । ऋग्वैदिक आर्यहरुले यज्ञ गर्ने परम्पराका दौरान देवतासमक्ष हवन गरिएकाे सामग्री पुर्याउनका लागि अग्निको प्रयोग आरम्भ गरे । किन्तु यज्ञ वेदीमा हवन गर्ने बेला ‘स्वाहा’ शब्दको उच्चारण गरिन्थ्यो । वास्तवमा ‘स्वाहा’को अर्थ आफैंमा धेरै रोचक छ ।

देव आह्वानका लागि मन्त्र पाठ गर्दै ‘स्वाहा’ शब्दको उच्चारण गरेर निर्धारित हवन सामग्रीको भोग अग्निको माध्यमबाट देवतासमक्ष पुर्याइन्छ । यो स्वाहाको निर्धारित नैरुक्तिक अर्थ हो, ‘सही रीतिपूर्वक पुर्याउनु ।’ परन्तु के र कसलाई ? अर्थात आवश्यक भौगिक पदार्थ उसको प्रिय समक्ष पुर्याउनु । हवन अनुष्ठानको यो अन्तिम र महत्वपूर्ण क्रिया हो ।

कुनै पनि यज्ञ तबसम्म सफल मानिदैन, जबसम्म हवन गरिएको सामग्रीको ग्रहण देवताले गर्दैनन् । देवता यस्तो ग्रहण तब मात्रै गर्न सक्छन्, जब ‘स्वाहा’ उच्चारण गरेर अग्निमा अर्पण गरिन्छ ।

निश्चित रूपमा मंत्र विधान संरचनको आरम्भमा नै यो तथ्यामा विचार गर्न शुरु भएको थियो कि आखिर हवन गरिएको सामग्री कसरी देवतासमक्ष पुर्याउने ? विविध उपायद्वारा कैयौं प्रयास याज्ञिक विधानलाई संचालित गर्न व्यक्त गरियो । अन्ततः अग्निलाई माध्यमको रुपमा सर्वश्रेष्ठ पाइयो भने उपयुक्ततम शब्दको रुपमा ‘स्वाहा’को गठन भयो ।

अग्नि र स्वाहासँग सम्बन्धित पौराणिक आख्यान पनि धेरै रोचक छन् । श्रीमद्भागवत तथा शिव पुराणमा स्वाहासँग सम्बन्धित वर्णन गरिएको छ । यसको अतिरिक्त ऋग्वेद, यजुर्वेद आदि वैदिक ग्रन्थमा अग्निको महत्वबारे अनेक रचना गरिएका छन् ।

एजेन्सीको सहयोगमा 
 

विशेष