विदेश

अन्तरिक्ष यात्री क्रिस्टिना एक वर्षपछि पृथ्वीमा फर्किन्

अन्तरिक्ष यात्री  क्रिस्टिना एक वर्षपछि पृथ्वीमा फर्किन्

काठमाडौंः अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर बिहीबार पृथ्वीमा अवतरण गरेकी छिन् ।

अमेरिकी अन्तरिक्ष संस्था (नासा) की ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरू दुई अन्तरिक्ष यात्रीसहित अवतरण गरेकी हुन् । नासाका अनुसार कोच सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुन् ।

अन्य दुई सदस्यमा युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ छन् । कोचले गत अक्टोबरमा नासाकै सहकर्मी जेस्सिका मायरसँग मिलेर अन्तरिक्ष केन्द्रबाहिर हिडेकी थिइन् । 

नासा क्रिस्टिना कोच

विशेष