विदेश

चीनमा कोरोना भाइरसः ज्यान गुमाउने संख्या ५६० पुग्यो, उपचारमा संलग्न डाक्टरको पनि मृत्यु

चीनमा कोरोना भाइरसः ज्यान गुमाउने संख्या ५६० पुग्यो, उपचारमा संलग्न डाक्टरको पनि मृत्यु

काठमाडौंः चीनमा कोरोना भाइरसबारे चेतावनी दिने एक चिकित्सकको ज्यान गएको छ । चीनको वुहान प्रान्तको आपतकालीन उपचार केन्द्रमा कार्यरत चिकित्सक ली वेनलिङको भाइरसकै कारण ज्यान गएको हो । 

उनले सहकर्मीलाई यसअघि नै भाइरसको प्रकोपको बारेमा बताउँदा अफवाह फैलाएको भन्दै प्रशासनले चेतावनीसमेत दिएको बताइएको छ । नेत्र रोग विशेषज्ञ लीले यसअघि २००३ मा फैलिएको सार्सजस्तै कोरोना भाइरसबाट महामारी फैलनसक्ने बताएका थिए ।

यता चीनको सरकारी निकायले भाइरसका कारण ५६० जनाको मृत्यु भएको जनाएको छ । भाइरसबाट २८ हजारभन्दा बढी प्रभावित भएको बीबीसीेले उल्लेख गरेको छ ।

यसैबीच चीनले प्रकोप नियन्त्रणका लागि अझै प्रतिबन्धात्मक उपायहरु अपनाइरहेको जनाएको छ । प्रशासनले विभिन्न सार्वजनिक समारोहमा सहभागी हुन प्रतिवन्ध लगाइएको छ भने सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पनि रोक लगाइएको छ । एजेन्सी 

कोरोना भाइरस ली वेनलिङ

विशेष