News

चितुवाको आक्रमणबाट पोखरामा एक बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट पोखरामा एक बालिकाको मृत्यु

पोखरा। चितुवाको आक्रमणबाट पोखरामा एक बालिकाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

साँझ अबेरसम्म छोरी नफर्किएपछि उनका बाबुआमाले खोजी गरेका थिए। जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रही निरीक्षक अधिकारीले बताए । 

 

चितुवा बालिका मृत्यु

विशेष