News

रामबहादुर बमजनको आश्रममा प्रहरीको छापा

रामबहादुर बमजनको आश्रममा प्रहरीको छापा

सिन्धुलीः सिन्धुलीको कमलामाई नगरपालिका–८ पहिरेमा रहेको रामबहादुर बमजनको आश्रममा प्रहरीले छापा मारेको छ । बिहीबार अदालतबाट पक्राउ अनुमति पाएको प्रहरीले बुक्रबार बिहानै बमजनको आश्रम क्षेत्रलाई घेरा हालेर छापा मारेको हो ।  

आश्रममा बमजन भने नभेटिएको प्रहरीले जनाएको छ । प्रहरीले बमजनका अनुयायी ज्ञानबहादुर बमजनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

आश्रमस्थलमा अहिले प्रहरीले घेराउ गरेको छ । तपस्वीको भेषमा बस्दै आएका बमजनमाथि व्यक्ति हत्या तथा हिंसा, व्यक्तिलाई बेपत्ता बनाएको लगायतका आरोप छ । सिन्धुली जिल्ला अदालतले बमजनलाई पक्राउ गर्न प्रहरीलाई बिहीबार अनुमति दिएको थियो । 

सिन्धुली छापा रामबहादुर बमजन

विशेष