विदेश

अष्ट्रेलियामा मुसलधारे पानी, एक तिहाइ आगो निभ्यो

अष्ट्रेलियामा मुसलधारे पानी, एक तिहाइ आगो निभ्यो

काठमाडौंः अष्ट्रेलियामा डढेलो फैलिरहेको पूर्वी तटीय क्षेत्रमा पानी परेको छ । लगातारको मुसलधारे पानीले अहिलेसम्म एक तिहाइ डढेलो निभेको र अझै आगो निभाउनसक्ने बीबीसीले जनाएको छ । 

पानी परेपछि न्यु साउथ वेल्समा मात्रै ६० मध्ये २० ठाउँमा लागेको डढेलो निभेको छ । आगो निभाउन सहयोग भएपछि धेरैले खुसियाली मनाएका छन् । तर मौसमविद्ले सिड्नीसहित अन्य तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै सजग रहन आग्रह गरेका छन् ।

गत सेप्टेम्बरदेखि अष्ट्रेलियाका विभिन्न ठाउँमा फैलिरहेको डढेलोका कारण अहिलेसम्म ३३ जनाको मृत्यु भइसकेको छ । यस्तै एक करोड हेक्टर जमिनमा क्षति र करोडौं जीवजन्तु मरेका छन् ।   

अष्ट्रेलिया मुसलधारे पानी

विशेष