कांग्रेसद्वारा आज पनि संसद अवरुद्ध, ३० मिनेटका लागि बैठक स्थगित

काठमाडौंः प्रमुख विपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै आज पनि संसद अवरुद्ध गरेको छ ।
संसद अवरुद्ध भएपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक ३० मिनेटको लागि स्थगित गरिएको छ ।
आज संसदको विशेष समय लिएर बोल्दै सांसद मीन विश्वकर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको छायाँ बनेको आरोप लगाए ।
आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको उनको दाबी छ । लगत्तै कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उभिएर संसदमा अवरोध गरेका छन् ।
प्रतिनिधिसभा बैठक